कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रत्ननगरमा बस पल्टँदा २२ जना घाइते

रमेशकुमार पौडेल

चितवन — पूर्वपश्चिम महेन्द्र राजमार्गको चितवन रत्ननगर नगरपालिका–२ टाँडीमा शुक्रबार राति पौने ११ बजे यात्रु बस पल्टँदा २२ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको भरतपुरमा रहेको पुरानो मडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्य यात्रुहरु उपचारपछि घर फर्केका छन् । 

रत्ननगरमा बस पल्टँदा २२ जना घाइते

बाराबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४७५५ नम्बरको बस अनियन्त्रित भएर राजमार्गमा पल्टेको प्रहरीले जनाएको छ । उपचाररत ४ घाइतेहरुमा बारा कलैया–२ का वर्ष ३५ को गौरीशंकर यादव र वर्ष २४ को रामबाबु यादव छन् । बारा गढीमाई नगरपालिका–१ का ४४ वर्षीय मनोज साह र भारत मोतिहारी बस्ने वर्ष १८ का खुसीलाल यादवको पनि उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।


चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक डिएसपी एकनारायण कोइरालाका अनुसार बसमा ४२ यात्रुहरु थिए । सकुशल अन्य २० यात्रुहरु तत्कालै गन्तव्य तर्फ लागेका थिए । घाइते २२ मध्ये १८ जनाको टाँडीमा रहेको बकुल्लहर सरकारी अस्पतालमा उपचार भएको थियो । उनीहरु सबैको अवस्था सामान्य रहेका कारण सबै डिष्चार्ज भइसकेको कोइरालाले बताए ।


बसका चालक फरार रहेको डिएसपी कोइरालाले जानकारी दिए ।

प्रकाशित : मंसिर २७, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?