कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मानव बेचविखन नियन्त्रणमा सबै लागौं : अध्यक्ष तामाङ

नुवाकोट — जिल्लाको पञ्चकन्या गाउँपालिकामा सोमबार समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत मानव बेचविखन तथा ओसारपसार सम्बन्धी जनचेतना कार्यक्रम गरिएको छ । 

मानव बेचविखन नियन्त्रणमा सबै लागौं : अध्यक्ष तामाङ

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा पञ्चकन्या गाउँपालिका, जिल्ला प्रहरी कार्यालय नुवाकोट र इलाका प्रहरी कार्यालय पञ्चकन्याको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।


कार्यक्रममा पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले मानव बेचविखन गर्नु जघन्य अपराध भएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरोकारवाला सबै निकाय लाग्नु पर्ने बताए ।


कार्यक्रममा मानव बेचविखन अनुसन्धान ब्यूरो काठमाडौंका प्रमुख तथा एसपी गोविन्द थपलियाले दलालहरुले वैदेशिक रोजगारीका लागि विकसित देशहरुमा पठाइदिने नाममा ठगी गर्ने गरिरहेको बताए । उनले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै दलालमार्फत विभिन्न देश पठाउने चोरी बाटो, त्यहाँ पुगेर समस्यामा परेका नेपालीहरुको अवस्थाबारे जानकारी दिएका थिए ।


एपसी थपलियाले सरकारी तबरबाट र त्यो देशको ऐन, कानुन बुझेर मात्र वैदेशिक देशमा जान आग्रह गरे ।


कार्यक्रममा इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक रामेश्वर सहनी, जनप्रतिनिधि, सरकारी कर्मचारी, शिक्षक, स्थानीय बासिन्दाको उपस्थिति थियो ।

प्रकाशित : मंसिर २५, २०७६ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?