कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

'लैंगिक हिंसा अन्त्यका लागि सोच र दृष्टिकोण परिवर्तन जरुरी'

कृष्ण थापा

नुवाकोट — लैंगिक हिंसा अन्त्य गर्न सोच, चिन्तन र दृष्टिकोणमा परिवर्तन आउनुपर्ने प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङ बताएकी छिन् । उनले भनिन्,‘महिलाप्रतिको दृष्टिकोण, सोच र चिन्तनमा परिवर्तन हुनु जरुरी छ ।’ 

'लैंगिक हिंसा अन्त्यका लागि सोच र दृष्टिकोण परिवर्तन जरुरी'

विदुर नगरपालिका ४ स्थित बट्टार हावाघरमा विभिन्न संघसंस्था र विदुर नगरपालिका महिला तथा बालबालिका शाखाले मंगलबार आयोजना गरेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा उपसभामुख तामाङले उक्त धारणा राखेकी हुन् । रजस्वला नहुँदै बिहे गर्नुपर्छ भन्ने समाज परिवर्तन भएर अहिलेको स्थितिमा आएको उल्लेख गर्दै उपसभामुख तामाङले भनिन्, ‘व्यवस्था र संरचनामा परिवर्तन गर्‍यौं । तर सोचाई र चिन्तनमा परिवर्तन नहुँदा समस्या अझै छ ।’


उनले लैंगिक हिंसा विरुद्धको अभियान गाउँ–गाउँ र टोलटोलमा गर्नुपर्ने बताइन् । संविधानले स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष, संसद्को सभामुख वा उपसभामुखमा महिला प्रतिनिधित्वको व्यवस्था नगरेको भए अहिले महिलाहरु उच्च तहमा नपुग्ने बताइन् । महिलाले पाएका पदहरुलाई सही ढंगले प्रयोग गर्नुपर्ने उनको जोड थियो ।


उपसभामुख तामाङले महिलाले राम्रो काम गरे तापनि जस दिने चलन अझै नभएको गुनासो गरिन् ।

प्रकाशित : मंसिर २५, २०७६ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?