सभामुख–सांसद जुहारी

काभ्रे — प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले मंगलबार गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समापन कार्यक्रममा सभाभुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सदस्यबीच जुहारी चलेको छ । लामो समय प्रदेशसभा बैठक नबोलाएको भन्दै कडा व्यंग्य प्रहार गरेका उनीहरूले सभाुमखलाई र्‍याखर्‍याख्ती पारे । 

सांसद मीना ज्ञवालीले प्रदेशसभा बैठक नै नबोलाएका कारण यस्तै कार्यक्रममा आफ्ना कुरा राख्नुपर्ने भन्दै व्यंग गरिन् । ‘संसद्‌मा कुरा राख्न त तपाईंले बैठक नै राख्नुभएन,’ उनले भनिन्, ‘आफ्ना कुरा यहीँ त राख्ने होला नि ।’ भदौ २५ गते संसद्को चौथो अधिवेशन अन्त्य भएको घोषणा भएदेखि अर्को बैठक आह्वान भएको छैन । सांसद राजकाजी महर्जनले प्रदेश राजधानीबारे अर्को बैठकमा निर्णय हुन्छ कि हुँदैन भनेर सभामुखलाई प्रश्न गरे ।


सभामुख श्रेष्ठले पनि खुलेरै आफ्ना कुरा राखे । ‘संसद् नबोलाएकाले म पनि यतै मन खोलेर बोल्नुपर्‍यो, यति सुन्दर र रमणीय स्थान रहेछ धुलिखेल, अझ यहाँ यत्रो राम्रो हल रहेछ, वातावरण पनि उत्तिकै राम्रो,’ उनले भने, ‘यस्तो राम्रो व्यवस्थापन रहेछ, अवसर जुटाइदिएकोमा सामाजिक विकास मन्त्रालयलाई धन्यवाद ।’ सभामुख श्रेष्ठले बोलेलगत्तै सांसदहरूले अब बोलाउने बैठकमा राजधानी धुलिखेल राख्ने विषय टुंगिन्छ त भन्दै थप प्रश्न गरे ।


मुख्यमन्त्री डोरमणि पौडेल अर्को बैठकमा राजधानीको विषय टुंग्याउने बताएका थिए तर मिति तोक्न सकिएको छैन । संसदीय दलमा राजधानीको विषयमा सहमति नभएको कारण देखाउँदै आलटाल हुँदै आएको छ । राजधानी सम्भाव्यता अध्ययन समितिले काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर उपयुक्त हुने भन्दै सिफारिस गरे पनि प्रक्रियामा लगिएको छैन ।


प्रकाशित : मंसिर २५, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?