२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सेनाको गाडीसँग ठोक्किँदा १ को मृत्यु

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको भँगेरीमा नेपाली सेनाको सवारीसाधन र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मन्थलीबाट रामेछापतर्फ जाँदै गरेका बा ३९ प ३९४८ नम्बरको मोटरसाइकलमा सवार १४ वर्षीय बालक सुनिल तामाङ घिसिङको गाडीको ठक्करबाट घटनास्थलमै ज्यान गएको हो । नेपाली सेना नयाँ गोरखगणबाट मन्थलीतर्फ आउँदै गरेको जीपसँग विपरित दिशाबाट आएर मोटरसाइकल ठोकिएको थियो । कक्षा ८ मा अध्ययनरत घिसिङले हेलमेट समेत लगाएका थिएनन् ।


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवका अनुसार घटनामा मोटरसाइकलमा सवार १४ वर्षीय अर्का बालक रामकृष्ण शाही घाइते भएका छन् । उनको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । मृतकको शव पोष्ट मार्टमको लागि रामेछाप अस्पतालमा राखिएको यादवले बताएका छन् ।

प्रकाशित : मंसिर २४, २०७६ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?