कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशसभा सदस्य भडेलद्वारा सपथ ग्रहण

सुवास बिडारी

मकवानपुर — नवनिर्वाचित प्रदेश ३ का प्रदेशसभा सदस्य कृष्णलाल भडेलले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले उपनिर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य भडेललाई सपथ ग्रहण गराए । 

प्रदेशसभा सदस्य भडेलद्वारा सपथ ग्रहण

हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयमा भएको सपथ ग्रहण कार्यक्रममा उपसभामुख राधिका तामाङ तथा प्रमुख प्रतीपक्षी दल कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलगायतको उपस्थिति रहेको थियो ।


१४ मंसिरमा सम्पन्न उपनिर्वाचनमा भक्तपुर–१ (क) बाट कांग्रेसका उम्मेदवार भडेलले १३ हजार ४ सय ४९ मत ल्याई निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी नेकपाका डीपी ढकालले ११ हजार २ सय ६ मत ल्याए ।


तत्कालिन एमालेका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।


प्रकाशित : मंसिर २२, २०७६ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?