१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

१३ वर्षीया बालिका बलात्कार अभियोगमा एक पक्राउ

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर–३ कुभुकास्थलीमा १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा संगीत सुनुवार पक्राउ परेका छन् । ४० वर्षीय सुनुवार नेकपाका स्थानीय नेता समेत हुन् । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवका अनुसार गाउँकै विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक बालिकालाई सुनुवारले मंसिर २ गते बलात्कार गरेका थिए । बालिकाले बाबु आमाको डरले उक्त घटनाबारेमा कसैलाई भनेकी थिइनन् । यादवका अनुसार बालिकालाई पीडा धेरै भएपछि आमाले घटनाबारे जानकारी लिएकी थिइन् ।

प्रहरीले बलात्कारको किटानी जाहरीका आधारमा सुनुवारलाई पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राख्न रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद प्राप्त भएको जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०७६ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?