१३ वर्षीया बालिका बलात्कार अभियोगमा एक पक्राउ

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर–३ कुभुकास्थलीमा १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा संगीत सुनुवार पक्राउ परेका छन् । ४० वर्षीय सुनुवार नेकपाका स्थानीय नेता समेत हुन् । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवका अनुसार गाउँकै विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक बालिकालाई सुनुवारले मंसिर २ गते बलात्कार गरेका थिए। बालिकाले बाबु आमाको डरले उक्त घटनाबारेमा कसैलाई भनेकी थिइनन्। यादवका अनुसार बालिकालाई पीडा धेरै भएपछि आमाले घटनाबारे जानकारी लिएकी थिइन्।

प्रहरीले बलात्कारको किटानी जाहरीका आधारमा सुनुवारलाई पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राख्न रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद प्राप्त भएको जनाएको छ।

प्रकाशित : मंसिर १६, २०७६ १९:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नेपाल र ओमानबीच म्युजियम सम्बन्धी समझदारी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल र ओमानबीच संस्कृति र म्युजियमको क्षेत्रमा आपसी सहकार्य गर्ने भन्दै सोमबार मस्कटमा हस्ताक्षर भएको छ ।राष्ट्रिय संग्रहालय छाउनीका प्रमुख जयराम श्रेष्ठ र ओमानका राष्ट्रिय संग्रहालयका महानिर्देशक जमल विन हसन अल मोवासीबीच समझदारीमा हस्ताक्षर भएको हो ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले समझदारीले संग्रहालय क्षेत्रमा आपसी विज्ञता, अनुभव र क्रियाकलापहरु आदनप्रदान गर्न बाटो खुलेको बताइन् ।

‘दीर्घकालसम्म संग्रहालयको विकास गर्न, आवश्यक सरसल्लाह र सामाजिक सहकार्य गर्ने विषय समझदारीमा केन्द्रित छ’, उनले भनिन् ।

प्रकाशित : मंसिर १६, २०७६ १९:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×