रामेछापको उमाकुण्डमा नेकपा विजयी

टीकाप्रसाद भट्ट

मन्थली — रामेछापको उमाकुण्ड गाउँपालिका ५ को वडाध्यक्षमा नेकपाका उम्मेदवार कुलबहादुर बस्नेत विजयी भएका छन् । बस्नेतले कांग्रेसकी सावित्री सुनुवारलाई पराजित गरेका हुन् ।

ZenTravel

निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार बस्नेत ७ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सुनुवारले ३ सय ८० मत पाएकी थिइन् । उक्त वडामा १ हजार १ सय सय ७२ जनाले मतदान गरेका थिए ।

Meroghar


उक्त वडामा यसअघि नेकपाकै उम्मेदवार विजयी भएको थियो । तत्कालीन वडाअध्यक्ष कुविर बस्नेतले आत्महत्या गरेपछि उपनिर्वाचन भएको हो ।

नवनिर्वाचित वडाध्यक्ष बस्नेत यसअघि कार्यवाहक वडाध्यक्ष थिए । उनले सदस्य पदबाट राजीनामा गरी वडाध्यक्षको निर्वाचनमा भाग लिएका हुन् ।

प्रकाशित : मंसिर १५, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्यूठान–२ मा नेकपा विजयी

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठान नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेकपाका उम्मेदवार मुक्तिप्रसाद पोखरेल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका मोहनसिह विष्टलाई २ सय ८४ मतान्तरले पछि पार्दै पोखरेल विजय भएका हुन् । पोखरेलले १ हजार १ सय २७ र विष्टले ८ सय ४३ मत पाएका छन् । २५ मत बदर भएको छ । 


वडामा ३ हजार २१ जना मतदातामध्ये १ हजार ९ सय ९५ जनाले मतदान गरेका थिए।

यहाँ यसअधि पनि नेकपाले नै विजय प्राप्त गरेको थियो। तत्कालीन एमालेबाट विजयी चेतबहादुर विष्टको क्यान्सरका कारण मृत्यु भएपछि उपनिर्वाचन भएको हो।


प्रकाशित : मंसिर १५, २०७६ ०७:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×