१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

धुलिखेल–२ मा नेकपा विजयी

धुलिखेल — उपनिर्वाचन अन्तर्गत धुलिखेल–२ मा भएको निर्वाचनमा नेकपाका देवप्रसाद कोइराला विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा कोइरालाले आठ सय ६७ मत प्राप्त गरे । यस्तै कांग्रेसका दर्णबहादुर खत्रीले पाँच सय ८२ मत प्राप्त गरे । राजपा नेपालका कृष्णबहादुर तामाङले १५ र राप्रपा (संयुक्त)का बासु थापाले ६ मत प्राप्त गरे । जसमध्ये ३२ मत बदर भए ।

नेकपाका कोइराला, कांग्रेसका खत्री, राजपा नेपालका कृष्णबहादुर तामाङ र राप्रपा (संयुक्त)का बासु थापा प्रतिस्पर्धामा थिए ।

एक हजार ८ सय ७७ मतदाता मध्ये एक हजार पाँच सय ०२ मत खसेको थियो । सात सय ५८ महिला र सात सय ४४ पुरुष मतदाताले मतदान गरेका थिए । साबिक रविओपी गाविस फुटेर बनेको धुलिखेल २ मा नौ सय ४९ महिला र ९ सय २८ पुरुष मतदाता थिए ।


प्रकाशित : मंसिर १४, २०७६ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?