उमाकुण्ड-५ को उपनिर्वाचनमा १ हजार २ सय ७२ जनाले गरे मतदान

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको उमाकुण्ड गाउँपालिका-५ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकिएको छ । 
प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेकाअनुसार १ हजार ७ सय ४९ मतदाता रहेको उक्त वडामा १ हजार २ सय ७२ जनाले मतदान गरेका छन्। 

प्रजिअ केसीले मतदान केन्द्रबाट मतपेटिका च्यादलुस्थित गाउँपालिकाको मुख्यालयमा ल्याई साँझ नै गणना कार्य सुरु गर्ने तयारी रहेको बताइन् । ढिलोमा मध्यरातसम्म परिमाण आउने पाण्डेले बताइन् ।

उक्त वडामा एमालेबाट निर्वाचित भएका वडा अध्यक्ष कुविरबहादुर खत्रीले आत्महत्या गरेपछि मतदान भएको हो । शनिबार भएको निर्वाचनमा नेकपाबाट कुलबहादुर बस्नेत र नेपाली कांग्रेसबाट सावित्री सुनुवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रकाशित : मंसिर १४, २०७६ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?