२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

स्थानीय तहको उपनिर्वाचन : धुलिखेल–२ मा ८० प्रतिशत मत खस्यो

नगेन्द्र अधिकारी

काभ्रे — उपनिर्वाचन अन्तर्गत धुलिखेल नगरपालि- २ मा  ८०.२ प्रतिशत मत खसेको छ । मतदान अवधि तोकिएको पाँच बजेभित्र कूल १ हजार ८ सय ७७ मतदाता मध्ये १ हजार ५ सय २ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत पुरुषोतम ढकालले जानकारी दिए ।

७ सय ५८ महिला र ७ सय ४४ पुरुष मतदाताले मतदान गरेरेका छन् । साविक रविओपी गाविस फुटेर बनेको धुलिखेल-२ मा ९ सय ४९ महिला र ९ सय २८ पुरुष मतदाता थिए ।


तत्कालीन वडाअध्यक्ष राजन कोइरालाको रहस्यमय मृत्यु भएपछि रिक्त पदमा निर्वाचन भएको हो । अघिल्लोपटक वडामा विजय हासिल गरेको नेकपाले देवप्रसाद कोइरालालाई उम्मेदवार बनाएको छ । कांग्रेसले अघिल्लो पटक वडा सदस्य पदका उम्मेदवार रहेका दर्णबहादुर खत्रीलाई उठाएको छ । राजपा नेपालको तर्फबाट कृष्णबहादुर तामाङ र राप्रपा (संयुक्त)कोतर्फबाट बासु थापा उम्मेदवार छन् ।

प्रकाशित : मंसिर १४, २०७६ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?