घलेभन्ज्याङमा सार्वजनिक अभिव्यक्ति कला तालिम

घलेभन्ज्याङ — पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा शुक्रबारदेखि तीन दिने सञ्चार तथा अभिव्यक्ति कला तालिम सुरु भएको छ । 

पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा पञ्चकन्या गाउँपालिकाको सभाहलमा ३ नम्बर वडास्तरीय प्रशिक्षण सुरु भएको हो ।

घलेभन्ज्याङमा सार्वजनिक अभिव्यक्ति कला तालिम

तालीम पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले उद्घाटन गरेका हुन् । तालिम सञ्चालनका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको युवा समाजले जनाएको छ ।

प्रशिक्षण रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामाले दिइरहेका छन् । तालिममा स्थानीय ३० भन्दा बढी प्रशिक्षार्थी सहभागी छन् ।


उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले यस्ता तालिमले युवा वर्गको क्षमता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।


उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष तामाङ, उपाध्यक्ष सीता खड्का पराजुली, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि न्यौपाने, वडाध्यक्षहरु, इलाका प्रहरी कार्यालय पञ्चकन्या निमित्त प्रमुख प्रहरी नायव निरीक्षक रामेश्वर सहनी, विभिन्न दलका स्थानीय नेता, संस्ठाका प्रतिनिधिहरु सहभागी थिए ।

प्रकाशित : मंसिर ६, २०७६ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?