कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लैंगिक विभेद हटाउन शिक्षाको भूमिका छ : प्रधानमन्त्री

१६०४ दीक्षित, २४६ विदेशी
नगेन्द्र अधिकारी

काभ्रे — प्रधानमन्त्री केपी शर्मा ओलीले लैंगिक विभेद हटाउन शिक्षाले भूमिका खेलेको बताएका छन् । काठमाडौं विश्वविद्यालय (केयू) को २५ औं दीक्षान्त समारोहलाई काभ्रेमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिकित्सा क्षेत्रमा महिलाको उपस्थिति आशा जगाएको तर्क गरे । 

लैंगिक विभेद हटाउन शिक्षाको भूमिका छ : प्रधानमन्त्री

‘आजकै दीक्षान्त समारोहले पनि यो कुराको संकेत गरेको छ,’ कुलपति रहेका प्रधानमन्त्री ओलीले भने, ‘दीक्षित मध्ये ५४ प्रतिशत महिला हुनु गर्वको बिषय हो ।’ शुक्रवार दीक्षीत एक हजार छ सय ४ मध्ये आठ सय ६३ महिला छन् । प्रधानमन्त्रीले आत्मविश्वासका साथ काम गर्न दीक्षितहरुलाई अनुरोध गरे ।


प्रमुख अतिथि रहेका भारतको मणिपाल विश्वविद्यालयका अध्यक्ष डा.के रामनारायणले चिकित्सकले आफूलाई रोग निको पार्ने व्यक्तिको रुपमा नलिने गरेको तर्क गर्दै उनले स्वास्थयकर्मी शरीर र मष्तिष्कको पनि प्राविधिक भएको तर्क गरे ।


रोग निको पार्न मानवता हुनुपर्ने तर्क गर्दै उनले चिकित्सकले शक्ति, आशा र मायाको सञ्चार गराउँदै स्वस्थ्य जीवन पुनर्प्राप्ती गर्न सहयोग पुर्‍याउने दाबी गरे । काठमाडौं विश्विद्यालयका उपकुलपति डा. रामकण्ठ माकजूले शिक्षा प्रणालीलाई सान्दर्भिक, सीपमूलक र उच्च गुणस्तरको बनाउनु नै सम्बोधन नगरी नहुने विषय भएको तर्क गरे । दैनिक एक हजार युवा विदेशिने गरेको तर्क गर्दै उनीहरुको पीडा र परिवारको रोदन सुन्न आग्रह गरे ।


समारोहमा एमसिएच, डीएम, एमडी, एमएस, एमएससी र एसडीएसका १ सय ४८ जना, एमविविएसका एक हजार ९८, बिडीएसका दुई सय १८, विएस्सी नर्सिङ्गका एक सय १६ र विपिटीका २४ जना दीक्षित भएका छन् । दीक्षित मध्ये २ सय ४६ जना भारत, भुटान, श्रीलंका, मालदिभ्स, अमेरिका र बेल्जियमका छन् । स्नातक तह एमबिबिएसमा सबै भन्दा बढी ७९ दशमलव ६७ प्रतिशत अंक ल्याउने लुम्बिनी मेडिकल कलेजका विवेक पौड्याललाई भाइस चान्सलर स्वर्ण पदक प्रदान गरियो । प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरण गरे ।

प्रकाशित : मंसिर ६, २०७६ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?