१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मलेखु पुलको सुरक्षा पर्खालमा रात्रिबस ठोक्कियो

हरिहरसिंह राठौर

धादिङ — काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको रात्रिबस दुर्घटना हुनबाट जोगिएको छ ।  
काकडभिट्टाबाट ४५ यात्रुसहित आएको ना ५ ख ५२३६ नम्बरको शुभबिहानी यातायातको बस बिहीबार बिहान पौने ५ बजे तीव्र गतिका कारण मलेखु पुलको मुखको सुरक्षा पर्खालमा ठक्कर खाएर घरतिर मोडिएको हो ।

मलेखु पुलको सुरक्षा पर्खालमा रात्रिबस ठोक्कियो

चालक निदाएपछि दुर्घटना भएको हुन सक्ने गजुरीस्थित ट्राफिक प्रहरी निरीक्षक नेत्र भट्टको अनुमान छ ।


चालक अर्जुन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रकाशित : मंसिर ५, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?