कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बम विष्फोटबाट २ वटा डोजरमा क्षति 

राजकुमार कार्की

काठमाडौँ — सिन्धुली जिल्लाको दुधौली नगरपालिका १४ ककुरठाकुरमा पार्किङमा राखिएको डोजरमा अज्ञात समूहले बुधबार राति प्रेसर कुकर बम विष्फोट गराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पार्किङमा राखिएका ६ वटा जेसीबी र स्काभेटरमध्ये प्रेसर कुकर बम विष्फोटबाट दुईवटाको पूर्ण क्षति भएको छ । अन्यको सामान्य सिसा फुटेको छ ।

बम विष्फोटबाट २ वटा डोजरमा क्षति 

प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार मारुती सिमेन्ट उद्योगका लागि ककुरठाकुरको चुनढुङ्गा खानीमा प्रयोग हुँदै आएका मेसिनमध्ये तीन वटामा वम राखेकोमा एउटा विष्फोट भएको हो । दुइटा मेसिनमा अझै बम छ । सिन्धुली र उदयपुर जिल्लाको सिमाना झाक्रीटारमा पार्किङ गरेर जेसिभि स्काभेटर राखिएको थियो ।


मेसिनमा रहेको बम निस्क्रिय बनाउनका लागि नेपाली सेनाको टोली ककुरठाकुर पठाउन समन्वय भइरहेको समेत प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । यसअघि मंगलबार राति निर्माण व्यवसायी छेत्र बम्जनको स्काभेटरमा अज्ञात समूहले जलाइदिएका थिए । प्रहरीले आगो लगाउने र बम विष्फोट गराउने चन्द समूह रहेको आशंका गरेको छ ।


व्यवसायी बम्जनले चन्दा नदिएपछि डोजरमा बम पड्काइएको आशंका प्रहरीको छ ।


प्रकाशित : मंसिर ५, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?