घरबाट हराउनेमा अधिकतम महिला

धादिङ — विभिन्न कारणले घरबाट हराएका नागरिकको खोजतलास र अवस्था बुझ्न प्रहरीले घरदैलो अभियान सुरु गरेको छ । एक्कासि घर छाडेर हिँडेका व्यक्ति केही समय सम्पर्कमा नआएपछि परिवारजनले प्रहरीमा खोजतलासको निवेदन दिने गरेका थिए । जिल्लाका विभिन्न स्थानबाट खोजतलासका ६ सय ७३ निवेदन दर्ता भएका थिए ।

‘निवेदनअनुसार बेपत्ता सूचीमा रहेका हरेक परिवारमा घरदैलो कार्यक्रम गरेका छौं । ६ सय ६६ जनाको वास्तविक अवस्थाबारे पत्ता लागेको छ, सात जनाको अवस्थाबारे अझै अनुसन्धान गर्दैछौं,’ जिल्ला प्रहरी प्रमुख राजकुमार बैदवारले भने । प्रहरीले हराएका व्यक्तिको खोजतलास गत साउन ५ गतेबाट जारी राखेको छ । तीन महिनाको अवधिमा ६ सय ६६ जनाको अवस्था पत्ता लागेको बैदवारले बताए ।


खोजतलास अभियानमा जिल्ला प्रहरीका ३५ इकाईबाट २ सय २५ जना प्रहरी परिचालन गरिएको थियो । घरबाट हराउनेमा ६ सय ७३ मध्ये ४ सय २८ महिला छन् । बालिका १ सय ३६ र बालक ९५ जना छन् । बेपत्ता हुनेमा सबैभन्दा बढी सदरमुकाम नीलकण्ठ नगरपालिकाका रहेका छन् ।

प्रकाशित : मंसिर ५, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?