२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दुर्घटनामा दुईको मृत्यु

रामेछाप — रामेछापको दोरम्बा गाउँपालिका–१ डडुवाको धारानजिकै सोमबार यात्रुबाहक जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दोलखाको शैलुङ गाउँपालिका–८ का १० वर्षीया सुबमी श्रेष्ठ र १२ वर्षीया दिलकुमारी श्रेष्ठ छन् । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका ३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको उद्धारमा संलग्न गोकर्ण श्रेष्ठले बताए । 

अन्य घाइतेलाई दोरम्बा स्वास्थ्य चौकीमा उपचारका लागि पठाइएको स्थानीय कुमार शेर्पाले वताए । दोलखाको झोरबाट रामेछापको दोरम्बामा पर्ने दहपातालका लागि रिजर्भमा गएको बोलेरो जिप सडकबाट करिब २ सय मिटर तल खसेको श्रेष्ठले वताए ।


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सन्तोषकुमार भट्टराईले दुर्घटनाको जानकारी पाउनासाथ दोरम्बा चौकीबाट प्रहरी त्यसतर्फ पठाइएको जनाए ।


झोरबाट छेवरका लागि ४ वटा गाडि रिजर्भ गरी आउँदै गर्दा सबैभन्दा अगाडिको गाडी खसेको थियो ।


प्रकाशित : मंसिर ३, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?