कारागारबाट भागेका कैदी ३४ वर्षपछि पक्राउ

हरिहरसिंह राठौर

धादिङ — चोरी मुद्दामा सजाय पाएर कारागार चलान भएका कैदी कारागारबाट भागेको ३४ वर्ष पछि पुनः पक्राउ परेका छन् । साविस धुवाँकोट–५ निवासी ६९ वर्षीय रामबहादुर भनिने सुब्बा वस्तीलाई जिल्ल अदालत धादिङले चोरी मुद्दामा  २०४१ जेठ ८ गते ३ वर्ष ११ महिना ७ दिन कैद सजाय तोकेर जिल्ला कारागार धादिङ पठाएको थियो ।

कारागारबाट भागेका कैदी ३४ वर्षपछि पक्राउ

तत्कालिन अवस्थामा कारागार भवनको भौतिक कमजोरीको फाइदा उठाई सुब्बासहित ५ जना कैदी कारागारको पर्खाल नाघेर २०४१ मंसीर ६ गते भागेका थिए ।


सुब्बा फरार भए लगत्तै तत्कालिन प्रहरी हवल्दार प्रकाश लामाको जाहेरीले फरार सुब्बा वस्तीलाई जिल्ला अदालतले २०४२ मंसीर १७ गते ५ वर्ष ५ दिन थप कैद हुने ठहर गरी अर्को फैसला सुनाएको थियो ।


‘फरार सूचीमा रामबहादुर भएकोले खोजतलासमा कठिनाई भए पनि अन्ततः सुब्बा वस्तीका नामले नीलकण्ठ नगरपालिका–१ खाल्टेमा बसोबास गरिरहेको अवस्था उनलाई कार्तिक ३० गते पक्राउ गरी जिल्ला अदालतको आदेशले कारागानर चलान गरिएको छ,’ प्रहरी नायव उपरिक्षक रुपक खड्काले भने ।


प्रकाशित : मंसिर २, २०७६ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?