२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लोकसेवा आयोगका अध्यक्षद्वारा पदभार ग्रहण

सुवास विडारी

(मकवानपुर) — प्रदेश ३ लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले सोमबार पदभार सम्हालेका छन् । आयोगका अध्यक्ष श्रेष्ठलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले पद तथा गोपनियताको सपथ गराएका थिए । 

लोकसेवा आयोगका अध्यक्षद्वारा पदभार ग्रहण

नेपाल सरकारका पूर्वसचिव सुरेशमान श्रेष्ठले पदभार सम्हालेसँगै प्रदेश लोकसेवा आयोग गठन भएको छ । प्रदेशसभाबाट गतभदौ १४ गते लोकसेवा आयोग गठन सम्बन्धि विधेयक पारित भएको थियो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल संयोजकत्व रहेको सिफारिस समितिले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्नका लागि कात्तिक २९ गते सिफारिस गरेको थियो ।


आयोगका अध्यक्ष तथा सदस्यहरुका नियुक्तिका लागि सिफारिस गर्न मुख्यमन्त्री पौडेलको संयोजकत्वमा सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ सदस्य रहेको समितिले सिफारिस गर्ने व्यवस्था अनुसार अध्यक्षमा श्रेष्ठलाई सिफारिस गरिएको थियो ।


प्रदेश लोकसेवा आयोगका पदाधिकारीको सेवा अवधि ६ वर्ष तोकिएको छ । आयोगमा रहने अन्य दुई सदस्य भने नियुक्त गरिएको छैन । सत्तापक्ष र प्रतीपक्षबीच आयोगका सदस्यको विषयमा कुरा नमिल्दा सदस्य नियुक्तिको सिफारिस रोकिएको बताइएको छ । श्रेष्ठले सपथ ग्रहणसँगै आयोगकको गरिमालाई कामय राखेर काम गर्ने प्रतिबद्धता जनाए । उनले थप सदस्य तत्काल नियुक्त गर्न छलफल गर्ने बताए ।


श्रेष्ठ २०४१ सालमा नेपाल सरकारको शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए । श्रेष्ठले ३२ वर्षसम्म निजामती सेवामा बिताएका छन् । सपथ ग्रहणमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, मन्त्री तथा विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित : मंसिर २, २०७६ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?