२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

ग्यास बुलेट पल्टिएपछि पृथ्वी राजमार्ग एकतर्फी

धादिङ — आइतबार बिहान बेनिघाटस्थित पृथ्वीराजमार्गको खटौटी पुलमा ग्यास बोक्ने भारतीय बुलेट पल्टँदा एकतर्फी रुपमा मात्र खुलेको छ । पल्टिएको बुलेटबाट ग्यास लिक भइरहेका कारण नजिकैको ग्यास उद्योगबाट प्राविधिकहरु बोलाएर त्यसलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

ग्यास बुलेट पल्टिएपछि पृथ्वी राजमार्ग एकतर्फी

यस्तै, अप्रिय घटना नहोस् भनेर धादिङबाट दुर्घटनास्थलमा दमकल पनि पठाइएको छ ।

वीरगन्जबाट काठमाडौं जाँदै गरेको पीआर ०६ जीडी १११३ नम्बरको ईन्डियन बुलेट टेन्कर गाडि आफैँ अनियन्त्रित भई पल्टिँदा गाडि चालक र सहचालक सामान्य रहेको प्रहरीले जनाएको छ ।



प्रकाशित : मंसिर १, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?