१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

लोकसेवा आयोगमा श्रेष्ठ सिफारिस 

सुवास विडारी

(मकवानपुर) — प्रदेश ३ को लोकसेवा आयोगको अध्यक्षमा नियुक्तिका लागि नेपाल सरकारका पूर्वसचिव सुरेशमान श्रेष्ठलाई सिफारिस गरिएको छ । 

मुख्यमन्त्री डोरमणि पौडेल संयोजकत्व रहेको सिफारिस समितिले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्नका लागि सिफारिस गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । आयोगका अध्यक्ष तथा सदस्यहरुका नियुक्तिका लागि सिफारिस गर्न मुख्यमन्त्री पौडेलको संयोजकत्वमा सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ सदस्य रहेको समितिले बनाइएको थियो ।


प्रदेश लोकसेवा आयोगका पदाधिकारीको सेवा अवधि ६ वर्ष तोकिएको छ । भदौ १४ गतेको प्रदेशसभा बैठकबाट लोकसेवा आयोग गठन सम्बन्धी विधेयक पारित भएसँगै समिति गठन गर्ने बाटो खुलेको थियो । समितिमा रहने महिलासहित अन्य दुई सदस्यको नियुक्तिको सिफारिस भने गरिएको छैन ।


आयोगमा अध्यक्ष नियुक्त भएसँगै प्रदेशलाई आवश्यक कर्मचारी भर्ना गर्ने बाटो खुल्नेछ । प्रदेश लोकसेवा आयोग नहुँदा कर्मचारी अभाव खेपिरहेको प्रदेश सरकार चुस्त दुरुस्तरुपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास प्रदेश सरकारको छ ।


लमजुङ दुराडाँडामा २०१५ साल जन्मिएका श्रेष्ठ २०४१ सालमा नेपाल सरकारको शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए । काठमाडौंको गोंगबु बस्दै आएका श्रेष्ठले एमएससी र एमपीए गरेका छन् ।


अध्यक्षमा सिफारिस श्रेष्ठले ३२ वर्षसम्म निजामती सेवामा बिताएका छन् । उनी श्रम तथा रोजगार मन्त्रालयको सचिवसमेत बनेका थिए ।


प्रकाशित : कार्तिक २९, २०७६ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?