कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली सुनसहित दुई जना पक्राउ

सुवास विडारी

(मकवानपुर) — नक्कली सुनसहित मकवानपुर प्रहरीले हेटौंडाबाट दुई जनालाई पक्राउ गरेको छ ।

नक्कली सुनसहित दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी यस बारेमा जानकारी गराएको हो । नक्कली सुनसहित पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका–३ का ४७ वर्षीय ध्यालसिंह शेर्पा र मोटरसाइकल पछाडी सवार मकवानपुर राक्सिराङ गाउँपालिका–४ का अभयकुमार थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जनाएका छन् ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले त्रिभुवन राजपथअन्तर्गत् हेटौंडा-१, चौकीटोलमा भैसेंबाट हेटौंडातर्फ आउँदै गरेको बा.९३ प ९०६ नम्बरको मोटरसाइकल जाँच गर्दा शेर्पाको साथबाट सुइसी १ किलो फइन गोल्ड ९९९.९ सिओ २२६६६५० लेखिएको सुनजस्तो देखिने चारपाटे आकारको नक्कली सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका दुबै जनालाई ठगी मुद्दामा अनुसन्धान भइरहेको जनाइएको छ ।


प्रकाशित : कार्तिक २९, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?