३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भीमफेदीको जेलमा पुस्तकालय स्थापना 

प्रताप विष्ट

हेटौडा — मकवानपुरको पूर्व सदरमुकाम भीमफेदीको जेलमा स्थापना गरिएको पुस्तकालय प्रदेश—३ का मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार एक समारोहबीच उद्घाटन गरेका छन् ।  

भीमफेदीको जेलमा पुस्तकालय स्थापना 

क्षेत्रीय कारागार भीमफेदीस्थित ‘क’ बल्कमा पुस्तकालय थिएन । हेटौंडास्थित लायन्स क्लब भुटनदेवीले उक्त ब्लकका बन्दीहरुको आग्रहमा पुस्तकालय स्थापना गरेको हो । उद्घाटन गर्न जेलभित्र छिरेका मुख्यमन्त्री पौडेल,लायन्स क्लवका प्रतिनिधि र सञ्चारकर्मीहरुलाई बन्दीहरुले खुशी भएर स्वागत गरेका थिए ।


‘जेलमा विविध कारणले परिन्छ’ पुस्तकालय सञ्चालक स्वयम्भु गुरुङले भने,‘तर जेलभित्र अध्ययन गर्ने वातावरण बन्दै गयो भने बाहिरी संसारमा जाँदा केही सकारात्मक काम गर्न सकिन्छ ।’


लायन्स क्लब भुटनदेवीले उक्त पुस्तकालयमा २ हजार ५ सय वटा जीवन उपयोगी पुस्तक उपलब्ध गराउनुको साथै किताब राख्ने र्‍याक र एक थान कम्प्युटर पनि उपलब्ध गराएको थियो । उक्त ब्लकमा ५ सय ५२ जना कैदी बन्दीहरु रहेका छन् ।

प्रकाशित : कार्तिक २८, २०७६ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?