१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जिपको ठक्करले मोटरसाइकल चालकको मृत्यु

रमेशकुमार पौडेल

चितवन — नारायणगढ-मुग्लिन सडकमा बुधबार राति साढे २ बजे जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार इच्छाकामना गाउँपालिका–६ जलबिरेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १० च ४४१३ नम्बरको जिप र मुग्लिनबाट आइरहेको बा ६६ प २९६५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

ठक्करका कारण मोटरसाइकल चालक भरतपुर महानगरपालिका–६ घर भएका ३० वर्षका रोशन सापकोटा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएका थिए ।


चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी एकनारायण कोइरालाका अनुसार उपचारको क्रममा अघि बिहान साव ३ बजे सापकोटाको निधन भएको हो ।





प्रकाशित : कार्तिक २८, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?