जिपको ठक्करले मोटरसाइकल चालकको मृत्यु

रमेशकुमार पौडेल

चितवन — नारायणगढ-मुग्लिन सडकमा बुधबार राति साढे २ बजे जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार इच्छाकामना गाउँपालिका–६ जलबिरेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १० च ४४१३ नम्बरको जिप र मुग्लिनबाट आइरहेको बा ६६ प २९६५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

ठक्करका कारण मोटरसाइकल चालक भरतपुर महानगरपालिका–६ घर भएका ३० वर्षका रोशन सापकोटा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएका थिए ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी एकनारायण कोइरालाका अनुसार उपचारको क्रममा अघि बिहान साव ३ बजे सापकोटाको निधन भएको हो ।




प्रकाशित : कार्तिक २८, २०७६ ११:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

कान्तिपुर संवाददाता

गोरखा — वारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापमा बुधबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । ग १ त ४०३७ नम्वरको ट्याक्टर दुर्घटनामा नवलपरासी रामग्राम नपा–११ का ३० वर्षीय जगदीशप्रसाद चौधरीको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । कच्ची सडककै कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।


रड र सिमेन्ट लिएर वारपाक सुलिकोट गाउँपालिका–७ धारापानीतर्फ जाँदै गरेको ट्याक्टर सडकबाट सयमिटर तल खसेको ट्राफिक प्रहरी टिका शर्माले बताए। ‘साँघुरो र उकालो सडकमा ब्याक गेयरले नधानेपछि दुर्घटना भएको बुझेका छौँ,’ उनले भने।

प्रकाशित : कार्तिक २८, २०७६ ११:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×