१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तीन वडामा १३ उम्मेदवार

कान्तिपुर संवाददाता

चितवन — मंसिर १४ गते हुने उपनिर्वाचनका लागि चितवनमा तीनवटा वडाको अध्यक्ष पदका लागि १३ जनाको उम्मेदवारी दर्ता भएको छ । भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ मा उपनिर्वाचन हुँदै छ । तीनमध्ये खैरहनीका दुईवटै वडामा पहिला नेपाली कांग्रेसले वडाध्यक्ष जितेको थियो । भरतपुर–१६ मा तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए ।

भरतपुर–१६ मा पाँच राजनीतिक दलबाट पाँचजनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।


भरतपुर–१६ को वडाध्यक्षका लागि नेकपाबाट भक्तराज हमाल, नेपाली कांग्रेसबाट अमृत हमाल, राष्ट्रिय नागरिक पार्टीबाट धनप्रसाद घले, राप्रपा संयुक्तबाट विष्णु त्रिपाठी र समाजवादी पार्टीबाट अम्बरबहादुर थापाको उम्मेदवारी परेको छ । त्यसैगरी खैरहनीका निर्वाचन अधिकृत विद्याराज पौडेलका अनुसार वडा नम्बर ४ मा नेकपाबाट बेदबहादुर अधिकारी, कांग्रेसबाट देवबहादुर बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनुज अधिकारी र राप्रपा संयुक्तबाट सीताराम थापाको उम्मेदवारी परेको छ । खैरहनी–५ मा नेकपाबाट पूर्णनारायण प्रधान, कांग्रेसबाट प्रतिमा कार्की, समाजवादी पार्टीबाट बिकन महतो, राष्ट्रिय नागरिक पार्टीबाट बलराम चौधरीको उम्मेदारी दर्ता भएको छ ।


प्रकाशित : कार्तिक २८, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?