१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दलहरूको शक्ति प्रदर्शन

कान्तिपुर संवाददाता

काभ्रे — धुलिखेल नगरपालिका– २ मा हुने उपनिर्वाचनको मनोनय दर्ता गर्दा पनि दलहरूले शक्ति प्रदर्शन गरेका छन् । धुलिखेलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार मनोनयन दर्ता गराउन जाँदा जिल्लाभरका नेता–कार्यकर्ता भेला भए । नेकपा बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगेको थियो भने दर्तापछि पूर्वराज्यमन्त्री सूर्यमान दोङ, प्रदेशसभा सदस्य बसुन्धरा हुमागाई, पार्टी अध्यक्ष रुकु चौलागाई, सचिव टोकबहादुर वाइबासहितका नेता तथा कार्यकर्ता नाचे । 

कांग्रेसले पनि जुलुससहित दर्ता गरायो । तत्कालीन वडाअध्यक्ष राजन कोइरालाको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । अघिल्लोपटक वडामा विजय हासिल गरेको नेकपाले देवप्रसाद कोइरालालाई उम्मेदवार बनाएको छ । कांग्रेसले अघिल्लोपटक वडा सदस्यका उम्मेदवार रहेका दर्णबहादुर खत्रीलाई उम्मेदवार बनाएको छ । राजपा नेपालका तर्फबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तको तर्फबाट वासु थापाले उम्मेदवारी दिएका छन् । निर्धारित समयमा चारजनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकृत उमेश राईले जानकारी दिए । साविक रविओपी गाविस फुटेर बनेको धुलिखेल–२ मा एक हजार आठ सय ७७ मतदाता छन् । नौ सय ४९ महिला र नौ सय २८ पुरुष छन् ।


प्रकाशित : कार्तिक २८, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?