३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन

सुवास विडारी

मकवानपुर — बालिकालाई जबरजस्ती करणीको आरोपमा पक्राउ परेकालाई हदैसम्मको कारबाही माग गर्दै हेटौंडामा प्रदर्शन गरिएको छ ।

बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन

आठ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेको हेटौंडा–१५ का २८ वर्षीय जयराम रुम्बालाई हदैसम्मको कारबाही माग गर्दै पीडितका आफन्तहरुले हेटौंडामा प्रदर्शन गरेका हुन् ।


उनीहरुले हेटौंडा–१० स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुरको गेट अगाडि प्रदर्शन गर्दै प्रहरीले पक्राउ गरेका व्यक्तिलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका हुन् ।


पीडकलाई मकवानपुर प्रहरीले कात्तिक १८ गते नै पक्राउ गरिसकेको र १० दिनको म्याद गरी अनुसन्धान थालिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए । उपरीक्षक सिंहले यस घटनामा मकवानपुर प्रहरी संवेदनशील रहेको र अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको बताए ।


स्कुलमा सँगै पढ्ने साथीको घरमा गएका बेला गत कात्तिक १७ गते दिउँसो ती बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कारपछि बेहोस अवस्थामा रहेकी बालिकालाई स्थानीयले हेटौंडा अस्पताल ल्याइपुर्‍याएका थिए । अस्पतालमा जाँच गर्ने क्रममा बालिका बलात्कृत भएको पुष्टी भएको थियो ।


प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार बालिका बलात्कार पश्चात् बेहोस भएर धामी झाँक्रीमा लगिएको र पछि स्थानीयको सहयोगमा उपचारका लागि अस्पतालमा ल्याइएको थियो । मेडिकल रिपोर्ट र बालिकासँगको कुराकानी पश्चात् रुम्बालाई प्रहरीले पक्राउ गरेका हो । बालिकाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

प्रकाशित : कार्तिक २७, २०७६ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?