बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

सुवास विडारी

मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरले बालिका बलात्कार गरेको आरोपमा मंगलबार एकजनालाई पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरको अभियोगमा कैलाश गाउँपालिकाबाट प्रहरीले एकजना पक्राउ गरेको हो ।


जबर्जस्ती करणीको आरोपमा पक्राउ पर्नेमा कैलाश गाउँपालिका-२ बस्ने २० वर्षीय दिपेश भन्ने अनिश प्रजालाई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।


उनका अनुसार प्रजामाथि सात दिनको म्याद अदालतबाट थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित : कार्तिक २६, २०७६ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?