१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

१७ वर्षपछि पक्राउ

कान्तिपुर संवाददाता

धादिङ — कर्तव्य ज्यान मुद्दामा फरार भएका धादिङका दुइजना अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । खनियाँबास–२ दार्खाका पर्शुराम तामाङको हत्याका आरोपित स्थानीय गोम लामा तामाङ र सुक लामा तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराले पक्राउ गरेको हो । २०५९ साल कात्तिक २९ मा स्थानीय परशुरामको खुकुरी र ढुंगा प्रहारबाट हत्या भएको थियो ।

१७ वर्षपछि पक्राउ

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । उक्त घटनामा संलग्नताका आरोपित अन्य चारजना अझै फरार छन् ।


प्रकाशित : कार्तिक २६, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?