३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दुर्घटना रोक्न भाकल

कान्तिपुर संवाददाता

सिन्धुली — कमलामाई नगरपालिकाले दुर्घटना नहोस् भन्दै प्रार्थना गरेर भद्रकाली मन्दिरमा भाकल गरी बोका बलि दिइएको छ । विजयोत्सवको समयमा हुने दुर्घटना टार्नका लागि भाकल बलि दिइएको नगरप्रमुख खत्रीले बताए ।

दुई वर्षअघि विजयोत्सव मनाएर फर्कने क्रममा भद्रकाली मावि निबुटारका विद्यार्थी चढेको ट्र्याक्टर दुर्घटना परेको थियो । विजयोत्सवका लागि गरिने बोका भाकल भने बर्सेनि दसैंको फूलपातीका दिन बलि दिएर बुझाउने गरिएको छ ।


नगर प्रमुख खत्रीले भने, ‘भाकल गरेर बुझाउन थालेपछि दुर्घटना टरेको छ ।’


तत्कालीन समयमा समेत लडाइँ जित्नका लागि नेपाली फौजले भद्रकाली मन्दिरमा भाकल गरी बलि चढाएका थिए ।


प्रकाशित : कार्तिक २४, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?