२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सिलिण्डर बम विस्फोट

हरिहरसिंह राठौर

धादिङ — छिमेकी भारतले नेपाली भूभाग मिचेको विरोधस्वरुप एक हप्ते कार्यक्रम घोषणा गरेको नेत्रविक्रम चन्द समूहले बिहीबार बिहान सिलिण्डिर बम विस्फोट गराएको छ । आफ्नो पकड रहेको वस्ती सिद्धलेक-६ सिम्लेमा बिहानै सिलिण्डर बम विस्फोट गराइएको थियो ।

बिहीबार मसाल जुलुस गरेर भारतीय अतिक्रमणविरुद्ध विरोध कार्यक्रमको देशभर थालनी गर्ने कार्यक्रम सार्वजनिक गरेको समूहका जिल्लास्थित कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।


गत भदौ ३१ गते धादिङ सिमाना पिपलामोडबाट प्रतिबन्धित समूहका जिल्ला सेक्रेटरी बुद्ध गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । सेक्रेटरी बुद्धका नाममा विभिन्न मितिमा विभिन्न विस्फोट, सवारीसाधनहरुमा आगजनी, एनसेलका विभिन्न टावरहरुमा आगजनी, जबरजस्ती चन्दा संकलनको आरोपमा पक्राउ परेका गुरुङलाई गत ७ गते एक लाख रकमको धरौटीमा रिहा गरिएको थियो ।


विस्फोटमा कुनै मानवीय क्षति नभएको घटनास्थल पुगेका जिल्ला प्रहरी प्रमुख राजकुमार वैदवारले जनाए ।

प्रकाशित : कार्तिक २१, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?