कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँदर मार्न बोकेको बन्दुक पड्किएर एकको मृत्यु

रासस

ओखलढुंगा — ओखलढुंगामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका-३ थुम्कीका १७ वर्षीय लालमान तामाङको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो । 

सोमबार दिउँसो २ बजे स्थानीय थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा चित्रबहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कँदा तामाङ घाइते भएका थिए । उपचारका लागि काठमाडौँ लैजाने क्रममा सिन्धुलीको खुर्कोटमा पुगेपछि घाइते तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।


तामाङको मृत्यु भएपछि सोही ठाउँका २१ वर्षीय चित्रबहादुर सुनुवारलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ । अन्य चार जना २२ वर्षीय सविन सुनुवार, १७ वर्षीय पदम सुनुवार, १६ वर्षीय सुन्दर तामाङ र २२ वर्षीय २२ का रुकमान तामाङ फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


इलाका प्रहरी कार्यालय रामपुरको प्रहरीले स्थलगत अनुसन्धान थालेको छ । प्रहरीले घटनास्थलबाट एक थान लोड भएको अवस्थामा र एक थान पड्किएको अवस्थामा भरुवा बन्दुकसमेत बरामद भएको छ ।

प्रकाशित : कार्तिक १९, २०७६ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?