२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

ट्रक र मोटरसाइकल ठोक्किँदा १ को मृत्यु

कान्तिपुर संवाददाता

हेटौंडा — पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे लच्कामा सोमबार राति ट्रक र मोटरसाइकल ठोक्किँदा १ को मृत्यु भएको छ । १ जना सख्त घाइते भएका छन् ।

हेटौंडा बजारबाट पथलैयातर्फ गइरहेको ना ३८ प ६४० नम्बरको मोटरसाइकल र पथलैयावाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७३१७ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक हेटौडा—१५ रातोमाटेका औतार स्याङ्तानको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । तीव्रगतिमा रहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको स्थानीयवासीले बताएका छन् ।


दुर्घटनामा सख्त घाइते हुनेमा मोटरसाइकलमा सवार जितपुर सिमरा उपमहानगरपालिकास्थित ३ नम्बर पुल बस्ने ३२ वर्षीय मनिष लामा छन् । उनको उपचार हेटौंडास्थिजत चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रकाशित : कार्तिक १९, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?