छुट्टाछुट्टै दुर्घटनामा धादिङमा २ को मृत्यु
धादिङ — त्रिभुवन राजपथ अन्तर्गत धुनिवेशी नगरपालिका–९ टायलघरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट चितवन जाँदै गरेको ना७ ख ९३०६ नम्बरको ट्रक र सोही दिशाबाट काठमाडौंबाट गोर्खा जाँदै गरेको ना ६५ प २०१३ नम्बरको मोटरसाइकल ट्रकसँग ठक्कर खाँदा गोर्खा जिल्ला साविक दुवाकोट ५ बस्ने ५५ वर्षीय हरि प्रसाद मल्लको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालया खानि खोलाले जनाएको छ ।
त्यस्तै धुनिवेशी नगरपालिका–७ खानिखोलामा बाटोमा लडेर जिल्ला बारा निजगढ नगरपालिका–१३ निवासी ५७ वर्षीय सोम चेपाङको मृत्यु भएको छ ।
खानिखोलामा ज्यामि काम गर्दै आएका चेपाङ राति मादक प्रदार्थ खाएर लडेर मृत्यु भएको हुन सक्ने प्रारम्कि अनुमान प्रहरीले गरेको छ ।
प्रकाशित : कार्तिक ९, २०७६ १६:३५प्रतिक्रिया