१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चन्द समूहको जिल्ला सेक्रेटरी पक्राउ

नगेन्द्र अधिकारी

काभ्रे — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई प्रहरीले बुधबार राति पक्राउ गरेको छ । 

चन्द समूहको जिल्ला सेक्रेटरी पक्राउ

प्रहरी चौकी पनौतीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक हरिशरण बस्नेत नेतृत्वको टोलीले पनौती ९ बाट पक्राउ गरेको हो । रोशी गाउँपालिकाको शिसाखानीबाट पनि बुधबार राती २ जना पक्राउ परेका जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।


चन्दा असुली र गतिविधि बढाएपछि प्रहरीले चन्द समूहका कार्यकर्ता माथि निगरानी बढाएको थियो । केही दिनअघि चन्द समूहका कार्यकर्ताले महाभारत र रोशी गाउँपालिकाका विभिन्न ४ स्थानमा सिलिण्डर विस्फोट गराएका थिए । चन्द समूहले व्यापारी व्यवसायीलाई चन्दा आतंक तीव्र पारेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ७, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?