नेवारी भाइटीकामा बिदा माग

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकाका जनप्रतिनिधिहरूले नेवार समुदायको भाइटीकाको दिन कात्तिक १३ गते सार्वजनिक बिदा दिन सरकारसित माग गरेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी नेवार समुदायले आफ्नै पात्रोअनुसार मनाउने पर्व भाइटीकाको दिन सार्वजनिक बिदा दिन माग गरेका हुन् । 

पञ्चांग निर्णायक समितिको पात्रोअनुसारको तिहारको भाइटीका कात्तिक १२ मा परेको छ भने नेवार समुदायको पात्रोअनुसार भाइटीका कात्तिक १३ मा परेको छ । सरकारले कात्तिक १२ गतेको भाइटीकाका दिन सार्वजनिक बिदा दिएको छ तर नेवार समुदायको भाइटीकाको दिन भने बिदा दिइएको छैन । नेवार समुदायको पात्रोअनुसार कात्तिक १२ मा ‘म्हःपूजा’ र १३ गते भाइटीका परेको छ ।


प्रदेश ३ का नेकपाका प्रदेशसभा सदस्य राजेश शाक्यले उपत्यकाका जनप्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटी नेवार समुदायको भाइटीकाको दिनसमेत बिदा दिन माग गरेको जानकारी दिए । आफूहरूसितको छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेवार समुदायका पर्व र धार्मिक परम्पराप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै भाइटीकाका दिन बिदा दिने आश्वासन दिएको उनले बताए ।

प्रकाशित : कार्तिक ५, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?