अवैध चाँदीको गहनासहित भारतीय पक्राउ

सुवास विडारी

मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले भन्सार छलेर ल्याएको अवैध चाँदीका गरगहना सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

अवैध चाँदीको गहनासहित भारतीय पक्राउ

वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाबाट प्रहरी सहायक निरीक्षक जयबहादुर प्रधानको कमाण्डमा खटिएको टोलीले हेटौंडा-२, देवीपथमा ना१४प २८३६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको सिट र ट्याङकीमा लुकाएर ल्याएको अवस्थामा पाउजु ७१६ तोला, सिक्का ८४ तोला, बाला, ताबिज र कडी ६५ तोला, चम्चा ६५ तोला, थाली, आशन र बासुरी ११८ तोला, साँचो रिङ १२२ तोला, सिन्दुर दानी ५४ तोला, मूर्ति १९१ तोला गरी जम्मा एकहजार चारसय १५ तोला चाँदीसहित भारतको मोतिहारी आदपुर हरपुर–५ का १८ वर्षीय राकेश कुमार सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।


सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको र चाँदीको गरगहनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

प्रकाशित : कार्तिक ४, २०७६ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?