दुर्घटना न्यूनीकरण गर्न धर्मकाँटा

कान्तिपुर संवाददाता

सिन्धुलीमाढी — दुर्घटना न्यूनीकरण गर्न सिन्धुलीमा धर्मकाँटा सञ्चालन गरिएको छ । 

बीपी राजमार्गमा सडकको क्षमताभन्दा बढी सामान बोकेर मालवाहक सवारी गुड्ने गरेको भन्दै यसलाई रोक्नका लागि धर्मकाँटा सञ्चालन गरिएको ट्रक व्यवसायी संघ सिन्धुलीका अध्यक्ष ताराबहादुर दाहाल (दीपक) ले बताए ।

चालकहरूमा बीच बाटोबाट साहुले पठाएको भन्दा बढी सामान लोड गर्ने प्रवृत्ति बढेको रहेको छ । ओभर लोडका कारण छिट्टै नै टायर खिइने, बेरिङहरू भाँचिने, ब्रेक नलाग्ने भई दुर्घटना हुने गरेको छ । दाहालका अनुसार करिब ३० लाखको लागतमा धर्मकाँटा राखिएको हो ।


निर्माण सामग्री, खाद्यान्न, लत्ताकपडालगायतका सामान लिएर पूर्वको विराटनगर, वीरगन्ज, बुटवल, बर्दिवासदेखि सिन्धुली हुँदै रामेछाप, दोलखा, काभ्रे, ओखलढुंगा, खोटाङ, सिन्धुपाल्चोक, काठमाडौंलगायतका जिल्लामा जाने मालवाहक सवारीले अब सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित २ नम्बर गेटमा रहेको धर्मकाँटामा जोखेर मात्रै जान पाउने भएका छन् । ६० टनसम्म वजनको मालवाहक सवारी जोख्न सक्ने क्षमता रहेको धर्मकाँटाले सिन्धुली हुँदै बीपी राजमार्गबाट १६ टन २ सय केजी अर्थात् १६ हजार २ सय केजी मात्रै सामान बोकेर आउजाउ गर्न पाउने छन् ।



प्रकाशित : कार्तिक ३, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?