कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यौन दुर्व्यवहारको आरोपमा पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — सार्वजनिक बसमा किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ परेका छन् । प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–८ जितपुर फेदी जाँदै गरेको बा ४ ख ७४७० नम्बरको बसमा १९ वर्षीय किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा नुवाकोट घर भई तार्केश्वर–६ पैंयुटार बस्ने ३८ वर्षीय मिनकुमार लामा पक्राउ परेका हुन् ।

बसमा यात्रारत किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी चौकी जितपुर फेदीले पक्राउ गरी लामालाई म्याद थप गरेको जनाएको छ ।

प्रकाशित : कार्तिक १, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?