कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धारिलो हतियार प्रहार गरी महिलाको हत्या, मृतकका पतिसहित दुई घाइते

सुवास विडारी

(मकवानपुर) — यहाँ धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरिएको छ । घटनामा दुई जनालाई सख्त घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार बकैया गाउँपालिका–३, जलजलेस्थित घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लोलाई छिमेकी ५० वर्षीय सुकबहादुर पाख्रिनले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । 

धारिलो हतियार प्रहारबाट घाइते भएकी सन्तमायाको उपचारको क्रममा हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।


पाख्रिनले प्रहार गरेको धारिलो हतियारबाट मृतकका पति ५५ वर्षीय कालबहादुर लो र स्थानीय २६ वर्षीया दिबिमाया मोक्तान घाइते भएका छन् । घाइतेहरुको टाउको, निधारमा चोट रहेको र घाइते दुबैको हेटौंडा–११, थानाभर्‍याङस्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । प्रहरी उपरीक्षक सिंहका अनुसार आपसी झगडाका क्रममा धारिलो हतियार प्रयोग भएको प्रारम्भिक अनुमान गरिएको छ । उनले घटनास्थलबाट प्रहरी टोली अझै नफर्किएको बताए ।


इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले पाख्रिनलाई हतियारसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको उपरीक्षक सिंहले जानकारी दिएका छन् ।


प्रकाशित : आश्विन ३०, २०७६ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?