बस र कार ठोक्किँदा चितवनमा ५ घाइते

रमेशकुमार पौडेल

चितवन — नारायणगढ-मुग्लिन सडकको भरतपुर-२९ सिमलतालमा आइतबार बिहान बस र कार ठोक्किँदा ५ जना घाइते भएका छन् । घाइते सबै कारमा रहेकाहरू हुन् ।

काठमाडौं जाँदै गरेको ना ७ ख १७७ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा १६ च ३५१८ नम्बरको कारलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ । घाइते हुनेमा कार चालक नवलपुर गैंडाकोट-५ बस्ने वर्ष ४९ का दिलबहादुर अधिकारी छन् । उनको अवस्था मध्यम रहेको छ ।


अन्य घाइतेहरूमा गैडाकोट-५ कै सावित्रा अधिकारी, सायरा अधिकारी, एञ्जल अधिकारी र एलेक्स अधिकारी छन् । उनीहरू चारै जनाको अवस्था सामान्य रहेको प्रहरी कार्यालयले जनाएको छ ।


घाइते सबैको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


बस प्रहरीको नियन्त्रणमा रहे पनि चालक फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) एकनारायण कोइरालाले बताए ।

प्रकाशित : आश्विन २६, २०७६ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?