कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ललितपुरमा चलेनन् ब्रुमर 

सीमा तामाङ

(ललितपुर) — ललितपुर महानगरपालिकाले साउनमा दुई ब्रमुर खरिद गरेको थियो । मेयर चिरिबाबु महर्जनले ललितपुरलाई स्मार्ट सिटी बनाउने अभियान अनुरुप ब्रुमर खरिद गरेको बताएका थिए । ‘महानगरको शहरी क्षेत्रमा धूलो सफा गर्नका लागि दुई ब्रुमर पर्याप्त हुन्छ,’ एक कार्यक्रममा मेयर महर्जनले भनेका थिए । साउनमा उद्घाटन गरेको ब्रुमर हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । 

महानगरका जिन्सि शाखाका प्रमुख सागर थापाका अनुसार ब्रुमर सञ्चालनमा ढिलाई भएको छैन । ‘तिहार लगत्तै महानगरभित्रका सडकमा ब्रुमर सञ्चालन हुन्छ,’ उनले भने । ब्रुमर चलाउन ५ चालक दैनिक ज्यालामा राखिएको थियो । हाल प्रयोगात्मक परिक्षा, अन्तर्वातालगायत सम्पुर्ण प्रकृया पुरा गरी दशै अघि नै ३ चालकलाई स्थायी नियुक्त दिइसकेको उनले बताए । पहिलो चरणमा कुपन्डोलदेखि लगनखेलसम्मका सडक खण्ड ब्रुमरले सफा गर्ने भनिएता पनि रूट तय तय नभएको उनको भनाई छ ।


महानगरले टेण्डर प्रक्रियाद्वारा जेनटेक प्राइभेट लिमिटेड कम्पनीबाट युरो–४ एमिसन स्ट्यान्डर्डका ब्रुमर खरिद गरेको हो । ब्रुमर सञ्चालनका लागि कम्पनीले महानगरका ५ जनालाई तालिम पनि दिइसकेको महानगरले जनाएको थियो । कम्पनीले इटालीमा निर्माण भएको दुई ब्रुमर ४ करोड ४८ लाख ११ हजार २ सय ८० (भ्याट सहित) रुपैयाँमा खरिद गरी महानगरलाई हस्तान्तरण गरेको थियो । डिजेलबाट चल्ने ब्रुमरको ६ सय २० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता छ । ब्रुमरको अगाडि एउटा, दायाँबायाँ २ र विचमा १ गरी ४ ओटा ब्रस र पछाडि एउटा भ्याकुमक्लिनर समेत छ । ब्रुमरको १२५ किलोवाट इन्जिन क्षमता छ ।


महानगरसँग पुरानो प्रविधिको सानो ब्रुमर पनि छ । पुरानो प्रविधिको भएकाले सञ्चालनमा ल्याउन सकेको छैन । धेरै धुलो फ्याक्ने र वातावरण प्रदुषण गर्ने भएकाले सञ्चालनमा ल्याउन नल्याएको महानगरका प्रवक्ता राजु महर्जनले बताए । त्यसैले महानगरलाई धूलोमुक्त सहर बनाउन नयाँ प्रविधिका ब्रुमर खरिद गरेको उनले बताए ।


महानगरले गत २७ मंसिरमा ब्रुमर खरिद गर्न टेन्डर आहृवान गरेको थियो । म्याप इन्टरप्राइजेज, टाइल ब्रदर, बर्ल्ड वाइड ट्रेडिङ कम्पनी र जेन टेक प्रालि टेन्डर प्रक्रियामा सहभागी भएका थिए । जसमध्ये जेन टेक प्रालिले २७ पुस ०७५ मा ब्रुमर खरिद गर्ने जिम्मा पाएको थियो ।

प्रकाशित : आश्विन २६, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?