कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

प्रयोग गरिँदैन आकाशे पुल

कान्तिपुर संवाददाता

काठमाडौँ — सुनधारामा दुईटा आकाशे पुल छन् । त्यसको सय मिटर दूरीमा नेपाल वायु सेवा निगमको कार्यालय अगाडि अर्को आकाशे पुल छ । रानी पोखरी र टुँडिखेल परिक्रममा गर्ने सुन्धारा–रत्नपार्क–जमल–बागबजार–शहिदगेट सडकमा मात्रै अन्डर ग्राउन्ड पाससहित १० आकाशे पुल छन् । आकाशे पुलसँगै विभिन्न स्थानमा ट्राफिक चिन्ह पनि राखिएको छ ।

बाटो पार गर्न पर्याप्त आकाशे पुल हुँदाहुँदै ती स्थानमा सडकबाट बाटो काट्ने पैदल यात्रुको कमी छैन । वीर अस्पताल क्षेत्रमा प्रतिमिनेट १० जनाभन्दा बढी पैदल यात्रुले सडकबाट बाटो काटिरहेका हुन्छन् । शुक्रबार भोटाहिटी क्षेत्रमा खटिएका ट्राफिक प्रहरी राजाराम कार्की पैदल यात्रुलाई बाटो काट्न आकाशे पुल प्रयोग गर्न अनुरोध गर्नमा व्यस्त देखिन्थे । तैपनि अटेर गरी जोखिम मोलेर बाटो काट्नेको भीड देखिन्थ्यो ।


उनी भन्छन्, ‘पैदल यात्रु आफैलाई सुरक्षाका लागि आकाशे पुल प्रयोग गर्न अनुरोध गरेका हौं । अटेर गर्नेलाई के भन्ने, कारबाही गरेर साध्य छैन ।’ उनका अनुसार आकाशे पुल प्रयोग गरेमा १५ देखि २० सेकेन्ड समय बढी जान्छ । ‘सबै पैदल यात्रुलाई गन्तव्यमा पुग्न हटार छ,’ उनले भने, ‘व्यवहारमा सुधार नगरिकन कारबाही गरेर मात्र हुदैन ।’ पैदल यात्रुलाई ट्राफिक नियम पालना गर्न अनुरोध गर्नेमा उनी मात्र होइन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार उनी जस्तै सडकको चोक/चोकमा ट्राफिक प्रहरी जनपथ विशालबजार, सिहदरवार र महाशाखाबाट दैनिक खटिने प्रहरी छन् ।


ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले जथाभावि बाटो काट्नेलाई कडा कारबाहीको व्यवस्था नहुदा समस्या बढ्दो रहेको बताए । ‘जथाभावी बाटो काट्दा दुर्घटनामा परेमा क्षतिपूर्ति नपाउने व्यवस्था ल्याउनुपर्छ,’ उनले भने, ‘२ सय रुपैया मात्र जरिवाना तिराउने प्रावधान छ । त्योपनि लागु छैन ।’ उनले सडक पेटीमा पर्याप्त बार नहुँदा पनि जथाभावि बाटो काट्ने क्रम बढ्दो रहेको बताए । महाशाखाका तथ्यांक अनुसार उपत्यकामा २०६८/६९ देखि २०७६/०७७ सम्म पैदल यात्रुको लापरबाहीका कारणले एक सय ५७ जनाले ज्यान गुमाइसकेका छन् ।


प्रकाशित : आश्विन २६, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?