कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

ट्रिपर र जेसिभीमा आगजनी

प्रताप विष्ट

(हेटौंडा) — मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका-३ शिखरकोटमा पार्किङ गरेर राखेको ट्रिपर र जेसिभीमा अज्ञात व्यक्तिहरुले बिहीबार राति आगजनी गरेका छन् । 

थाहा नगरपालिका शिखरकोटस्थित थाहा उद्योग वाणिज्य संघको भवन नजिक पार्किङ गरेर राखेको बा ३ क १२१५ नम्बरको ट्रिपर र ना १ क ३२४२ नम्वर जेसिभीमा आगजनी गराइ क्षतिग्रस्त बनाएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । अटोमा चढेर आएका व्यक्तिहरुले आगजनी गरेर भागेको स्थानीयवासीले बताएका छन् ।


आगजनीमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन २४, २०७६ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?