१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

दसैंका यात्रु सवार मिनी बस सिन्धुलीमा दुर्घटना, ३ को मृत्यु, २५ घाइते

राजकुमार कार्की

सिन्धुली — जिल्लाको सुनकोसी गाउँपालिका १ स्थित बीपी राजमार्गको दुम्जामा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५ घाइते भएका छन् । 

दसैंका यात्रु सवार मिनी बस सिन्धुलीमा दुर्घटना, ३ को मृत्यु, २५ घाइते

दसैंका यात्रु लिएर काठमाडौंबाट सिराहा जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनि बस काभ्रे र सिन्धुलीको सिमानामा दुम्जा नेपालथोक नजिक दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेमा सिरहा इनरुवा ८ का ३५ वर्षीय रामअवतार पण्डित, सप्तरी राजविराज ७ की लक्ष्मी देव र ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय दलबहादुर श्रेष्ठ रहेका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।


घाइतेमध्ये ५ को अवस्था जटिल छ । उनीहरुलाई उपचारका लागि धुलिखेल पठाइएको छ ।


तीव्रगतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित : आश्विन १८, २०७६ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?