१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

काभ्रेमा विशेष सुरक्षा योजना

कान्तिपुर संवाददाता

काभ्रे — दसैं, तिहार लगायतका चाडबाडलाई अपराधमुक्त, भयरहित बनाउन प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्लामा हुन सक्ने चोरी, लुटपाट, डकैती, तस्करी, कालोबजारी, जुवातास, अवैध मदिराको कारोबार, सवारी दुर्घटना नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले तयारी थालेको हो ।

‘कुनै पनि घटना नहोस् भन्नेमा सचेत छौँ, विशेष सक्रियता अपनाउने छौं,' जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका डीएसपी दीपक गिरीले भने, ‘प्रशासनिक काममा रहेका प्रहरीलाई समेत कार्यक्षेत्रमा खटाउछौं ।' गिरीका अनुसार, मादक पदार्थ सेवन गरी सवारी चलाउने, लामा दूरीका सवारीसाधनमा दुई जना चालक रहे नरहेको, बढी भाडा असुलेको विशेष निगरानी राख्ने छ ।

राजमार्ग तथा सहायक मार्ग सुरक्षा तथा त्यस क्षेत्रमा हुने आपराधिक घटनाको लागि विभिन्न स्थानमा पिकेट स्थापना गरिने छ । ग्रामीण गस्ती, पैदल गस्ती बढाउनुका साथै गाडी तथा मोटरसाइकलमा मोबाइल टोली परिचालन हुने छन् । दर्शनार्थीको भीडभाड हुने पलाञ्चोक भगवती, चण्डेश्वरी मन्दिर, नाला भगवतीलगायतका मठमन्दिरमा प्रहरीले विशेष सुरक्षा प्रदान गर्ने छ ।

प्रकाशित : आश्विन १८, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?