कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

अझै खुलेन कान्ति लोकपथको ट्र्याक

प्रशान्त माली

काठमाडौं — ठेकेदारले सम्झौताअनुसार काम नगर्दा कान्तिलोक पथको ट्र्याक खोल्ने काम अधुरै रहेको छ । दसैं मनाउन काठमाडौं उपत्यकाबाहिर जाने यात्रुलाई सहज बनाउने गरी गत वर्ष ट्र्याक खोल्न ठेक्का गरिएको थियो । ६ दशक अघिदेखि निर्माण सुरु गरिएको कान्तिलोक पथको मकवानपुरतर्फ २ किमि र ललितपुरतर्फ ४ किमि दुई लेन सडक चौडा गर्न बाँकी छ । 

कान्तिलोक पथ सडक सुधार योजनाका सूचना अधिकारी अमिन्द्र खड्काले ठेकेदारले समयमा काम सम्पन्न नगरेकाले दसैंमा सवारीसाधान गुडाउने लक्ष्य फेल खाएको बताए । ‘ठेकेदारलाई जरिवार तिराउने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘६ किमि सडकमा कडा पत्थर छ ।’


ललितपुर खण्डतर्फ ट्र्याक खोल्न सूर्य, बाइवा जेभीले १७ करोड रुपैयाँमा ठेक्का पाएका थिए । मकवानपुरतर्फ नार्गाजुन र सर्वशक्ति जेभीले १० करोडमा ठेक्का पाएका थिए । अर्थ मन्त्रालयले मार्गको स्तरोन्नति गर्न आर्थिक वर्ष २०७६/७७ का लागि ६० करोड रुपैयाँ बजेट विनियोजित गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा निर्माण सम्पन्न गरी उद्घाटन गर्ने सरकारी लक्ष्य छ । योजनाअनुसार ट्र्याक चौडा ७१ किमि र कालोपत्रे ६९ भइसकेको छ । सडकको लम्बाइ हेटौंडाको बुद्ध चोकदेखि सातदोबाटोसम्म ९० किमि छ ।


योजनाअन्तर्गत टीकाभैरव– सातदोबाटो ११ किमिबाहेक ७९ किमि छ । जसको ललितपुर र मकवानपुर खण्डअन्तर्गत २८ र ५१ किमि छ । नेपाली सेनाले २०१३ बाट ट्र्याक खोल्न सुरु गरेर २०१६ सम्पन्न गरेको थियो । कान्तिलोक पथ राजधानीलाई हटौडासँग जोड्ने छोटो भरपर्दो मार्गका रूपमा लिइन्छ ।


प्रकाशित : आश्विन १४, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?