२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

धादिङ बस दुर्घटना : घाइते सबैलाई काठमाडौं पठाइयो

हरिहरसिंह राठौर

धादिङ — जिल्लाको नीलकण्ठ नगरपालिका सिमाना नेत्रावती डबजोङमा बस पल्टिँदा घाइते भएकाहरुलाई काठमाडौं पठाइएको छ । 

धादिङ बस दुर्घटना : घाइते सबैलाई काठमाडौं पठाइयो

जिल्ला अस्पताल धादिङमा उपचार हुन नसकेपछि घाइते ५ जनालाई नै एम्बुलेन्समार्फत काठमाडौं लगिएको हो । घाइते हुनेहरुमा कटुन्जे हुलाक गाउँका दलबहादुर तामाङ, हस्तकुमारी तामाङ, लक्ष्मी तामाङ, कान्छी तामाङ, चन्द परियार छन् ।


सहचालकले चलाउँदा आइतबार बिहान बा ४ ख ५७९३ नंबरको बस डबजोङ ५ केराम्जामा पल्टिएको थियो । बसमा ७ यात्रु थिए ।


............

नेत्रावती सेम्जोङ्गबाट धादिङबेंसी हुँदै काठमाडौं जान लागेको बस नीलकण्ठ नगरपालिका सीमाना नेत्रावती डबजोङ ५ केराम्जामा पल्टँदा चालकसहित ५ जना घाइते भएका छन् ।


आइतबार बिहान बा ४ ख ५७९३ नंबरको बस ७ यात्रु राखेर काठमाडौंका लागि छुटेको बस उकालो चढ्ने क्रममा २० मिटर तल धानबारीमा पुगेको हो । दुर्घटना भएको बस सहचालकले चलाएको टोड्केस्थित प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा कटुन्जे हुलाक गाउँका दलबहादुर तामाङ, हस्तकुमारी तामाङ, लक्ष्मी तामाङ, कान्छी तामाङ, चन्द परियार रहेका नेत्रावतीका स्वास्थ्य संयोजक कृष्णवद्री पौडेलले बताए ।


घाइतेहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याइएको छ । सहचालकलाई बस चलाउन दिने घाइते चालक सरोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना गराउने सहचालक फरार छन् ।



प्रकाशित : आश्विन १२, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?